काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार महोत्तरीको मनरा र रामेछापको खाँडादेवी गाउँपालिकामा नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । 

थपिएका यी शाखाहरुको साथ लक्ष्मी बैंकको शाखा सञ्जाल ८२, ३ हस्पिटल सेवा काउण्टर, १०१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स्, ५१ शाखारहित बैंकिङ्ग अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ ।

यस शाखाको बिस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

आ.व. २०७३/७४मा ५९.३२  अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।