काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ  । कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो  ।

कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो ।

सभाले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वार्षिक आर्थिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरी पारित गरेको छ   ।