काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा माउन्टेन इनर्जी नेपाल लिमिटेडको नाफा ९.५८ प्रतिशतले ओरालो लागेको छ।
आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ४ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा कम्पनी नाफा ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि ११.८३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ६९ लाख रुपैयाँ रहेकोमा यो वर्ष घटेर ९ करोड ४३ लाख रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको रिजर्भको आकार पनि १९.४० प्रतिशतले बढेर ३४ करोड ४४ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २८ करोड ८४ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २.८३ रुपैयाँ र पीई रेसियो २९४.३८ गुणा रहेको छ। प्रतिसेयर नेटवर्थ भने १३०.८८ रुपैयाँ रहेको छ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago