काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। 

समीक्षा अवधिसम्म कम्पनीले १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो हिसाबले नाफा ६७७.७३ प्रतिशतले बढेको छ।  

चौथो त्रैमाससम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १४.२० प्रतिशतले बढेर ६० करोड ८१ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ५३ करोड २५ लाख रुपैयाँमा सीमित थियो। 

चुक्तापुँजी १ अर्ब २५ करोड रहेको कम्पनीको रिजर्भमा ४२ लाख २८ हजार रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिजर्भ १४ करोड ५४लाख रुपैयाँले ऋणात्मक थियो।

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ११.५८ रुपैयाँ रहेको छ। प्रतिसेयर नेटवर्थ १००.३४ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो २३.४९ गुणा रहेको छ।