काठमाण्डौ । माउन्टेन इनर्जी नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिसम्म २६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीको खुद नाफा ४२ करोड ६९ लाख रुपैयाँ रहेको थियो। यस हिसाबले यो कम्पनीको खुद नाफामा ३८.३० प्रतिशतको गिरावट आएको छ।
कम्पनीको विद्युत बिक्रीको आम्दानी भने सामान्य बढेर ८६ करोड २५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष विद्युत बिक्रीबाट कम्पनीले ८५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको छ।
कम्पनीको सञ्चालन मुनाफा भने २०.०२ प्रतिशतले घटेर ४८ करोड १८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ६० करोड २४ लाख रुपैयाँ थियो।
चुक्तापुँजी १ अर्ब ९६ करोड रुपैयाँ रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ८२ करोड ८९ लाख रुपैयाँ थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेर १३.३९ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीको ईपीएस २१.७० रुपैयाँ थियो। पीई रेसियो ६२.५८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ भने १४२.१२ रुपैयाँ रहेको थियो।
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago