काठमाण्डौ । टचस्क्रिनवाला सबैभन्दा ठूलो र राम्रो ट्याब्लेट होस् वा ल्यापटप, यसमा तपाईंले अधिकतर समय माउस प्रयोग गर्नुहुन्छ भने तपाईको काम सहज भइदिन्छ । 

माउस दुई खालको हुन्छ, एक : अप्टिकल र अर्को : लेजर । अप्टिलक माउस LED को प्रयोग गरिएका कारण यसले तपाईंले कम्प्युटरमा के गर्न चाहिरहनुभएको छ भन्ने कुरा बुझ्दछ । 

यसको तुलनामा लेजर माउस चाहि केही फरक हुन्छ । लेजरको प्रयोगबाट यस्तो खालको माउसले प्रयोगकर्ताको दिशा महसुस गर्छ । 

यसकारण अप्टिकल माउसलाई केवल चिल्लो सतहमा मात्र प्रयोग गर्न सकिन्छ, तर लेजर माउसलाई भने तपाईले सिसाजस्तो सतहमा समेत सजिलै प्रयोग गर्न सक्नुहुनेछ । 

जो मानिस गेमिङमा माउसको प्रयोग गर्छन् भने तिनीहरु तार भएको माउस प्रयोग बढी गर्छन । तर यदि तपाई अफिस वा घरमा प्रयोग गरिरहनुभएको छ भने वायरलेस माउस आनन्दले प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईले राम्रो गुणस्तर भएको वायरलेस माउस खरीद गर्नुभयो भने यसको ब्याट्री समेत लामो समयसम्म टिकाउ हुन्छ र धेरै समयसम्म तपाईलाई माउस फेर्नुपर्ने चिन्ता समेत हुँदैन । 

बायरलेस माउस प्रयोग गर्न साह्रै सजिलो र सहज हुन्छ । 
 

यदि तपाईले ब्लुटुथवाला माउस खरीद गर्नुभएको छ भने तपाईको यूएसबी पोर्ट समेत प्रयोग हुँदैन । वायरलेस माउसमा हिजोआज आरएफ अथवा रेडियो फ्रिेन्क्वेन्सीवाला माउस पनि किन्न पाइन्छ । जब तपाईले ब्लुटुथ र आरएफ माउस दुवै प्रयोग गरेर हेर्नुभयो भने तपाईलाई आरएफ माउस नै उत्तम लाग्नेछ । तर तपाईं यदि आरएफ माउस प्रयोग गरिरहनुभएको छ भने यसैका लागि भनेर तपाईंले एउटा यूएसबी पोर्ट छुट्याएर राख्नु अनिवार्य हुन्छ । 
 

जुनसुकै बेला पनि तपाईं माउस खरीद गरिरहनुभएको छ भने पहिला आफ्नो जरुरतलाई ख्याल गर्न नभूल्नुहोला । यदि तपाईलाई ज्यादा भन्दा ज्यादा अफिसियल प्रयोगका लागि माउस चाहिएको हो भने यूएसबी पोर्टको साटो काम गर्नेवाला टच प्याड पनि खरीद गर्न सक्नुहुनेछ । 

गेमिङमा सौख भएकाहरुका लागि तारसहितको माउस सबैभन्दा उत्तम हुन्छ भने जो व्यक्ति डिजाइनको काम गर्छ उसका लागि लेजर माउस नै उत्तम हुन्छ ।