काठमाडौ । बजारमा माग घटेसँगै सुन आयात रोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको आग्रहमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)ले सुन आयात रोकेको हो। ‘बजारमा सुनको माग नभएपछि विदेशबाट हुने आयात रोक्न हामीले एनबीएलाई आग्रह गरेका थियौँ’, महासंघका उपाध्यक्ष मोहनकाजी शाक्यले भने, ‘सोहीअनुसार एनबीएले सुन आयात रोकेको हो।’
वाणिज्य बैंकहरुले राष्ट्र बैंकको स्वीकृतिमा सुन आयात गर्दै आएका छन्। अहिले केन्द्रीय बैंकले दैनिक १० केजी सुन आयात गर्न दिइरहेको छ।
पुसको महिना अफ सिजन भएकाले सुनको माग बजारमा घटेको शाक्यले बताए। ‘यो पुस महिनाभरि सुन आयात रोकिन सक्छ’, उनले भने, ‘माघ लागेपछि फेरि सुन आयात सुचारु हुन्छ।’
त्यसो त सुनको मूल्य आज यो वर्षकै उच्च स्तरमा पुगेको छ। आज प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार १०० र तेजाबी गोल्ड १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको छ।
केही दिनयता सुनको भाउ निरन्तर बढिरहेको । अहिले बजारमा सुनका गरगहना किन्नेभन्दा बेच्ने ग्राहकको संख्या बढेको छ।
27 minutes ago
57 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago