काठमाण्डौ । लगातार घटिरहेको सुनको भाउ माघ महिनाको पहिलो दिन एकैपटक तोलामा ७०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेर प्रतितोला छापावाल सुन ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ४०० रुपैयाँ कायम भएको छ । पुसको अन्तिम दिन हिजो मंगलबार सुनको भाउ प्रतितोला छापावाल सुन ७४ हजार रुपैयाँ र तेजाबी सुन ७३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

हिजो मंगलबार सुनको भाउ तोलामा एकैपटक ८०० रुपैयाँले घटेको थियो । 

उता चाँदीको भाउमा पनि बुधबार तोलामा ५ रुपैयाँले बढोत्तरी आएको छ । हिजो मंगलबार प्रतितोला ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज ८८५ रुपैयाँ कायम भएको छ ।