काठमाण्डौ । की इन्टरटेन्मेन्ट र थ्री प्रोडक्सनद्वारा की एड्भर्टाइजिङ सर्भिस प्रालिका लागि माघदेखि नेपालकै सबैभन्दा ठूलो कमेडी शो कमेडी क्लब विथ च्याम्पियन्स नियमित उत्पादन गरी की एड्भर्टाइजिङ सर्भिस प्रालिले नेपाल टेलिभिजनमा प्रसारण गर्ने भएको छ र युट्युबमा थ्री प्रडक्सनबाट प्रसारण हुनेछ। 

उक्त कार्यक्रमको मार्केटिङ की एड्भर्टाइजिङ सर्भिस प्रालिले गर्दैछ। नेपाली कमेडी जगतलाई अझै शिखरमा पुर्याउन कमेडी क्लब विथ च्याम्पियन्स मेगा–शोले मद्दत पुग्ने विश्वास लिइएको छ। उक्त कार्यक्रम नेपाल टेलिभिजनले र युट्युबमा थ्री प्रडक्सनले नियमित प्रसारण गर्नेेछ। 

उक्त मेगा–शो माघ महिनाबाट प्रत्येक सोमबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट प्रसारण गरिनेछ।

कमेडी क्लब विथ च्याम्पियन्सका मुख्य कलाकारका रुपमा पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई (फुलन्देकी आमा), सुमन कार्की र कैलाश कार्की रहनेछन्। 

त्यसैगरी कमेडी च्याम्पियन सिजन १ र सिजन २ का सम्पूर्ण कलाकारहरुको पनि विभिन्न भागहरुमा उपस्थिति हुनेछ।

हाँसो र व्यङ्ग्यमार्फत परिवार, समाज र आम जनमानसमा मनोरन्जन प्रदान गर्नेछ भन्ने आयोजकले विश्वास लिएको छ। ‘यसबाट समाजलाई सु–सूचित हुने अवसर पनि मिल्नेछ’, आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै देशका लब्धप्रतिष्ठित विभिन्न विधाको व्यक्तिहरु पाहुनाका रुपमा स्वीकार गरी कार्यक्रमलाई अझ रोमाञ्चक बनाइनेछ।’