काठमाण्डौ । वाणिज्य बैंकहरु कर्जा प्रवाहमा आक्रामक देखिएका छन्।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार वाणिज्य बैंकहरुले माघ महिनामा मात्रै ७३ अर्ब रुपैयाँले कर्जा प्रवाह गरेका छन्। योसँगै बैंकहरुको कुल कर्जा प्रवाह ३३ खर्ब १७ अर्ब पुगेको छ। गत पुसमा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। पुसमा मात्रै बैंकहरुले १ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
त्यसो माघको अन्तिम सातामै बैंकहरुले २९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए। गत माघ २३ मा बैंकहरुको कुल कर्जा प्रवाह ३२ खर्ब ८८ अर्ब रुपैयाँ रहेकोमा एकै सातामै बढेर ३३ खर्ब १७ रुपैयाँ पुगेको छ।
एनबीएका अनुसार बैंकहरुको निक्षेप संकलन माघ महिनामा ४ अर्ब रुपैयाँले मात्र बढेको छ। गत पुससम्म बैंकहरुको कुल ३७ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा माघ ४ अर्ब रुपैयाँले बढेर ३७ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
गत पुसमा मात्र भने बैंकहरुले ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
11 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago