काठमाण्डौ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ यही माघको तेस्रो साताबाट निष्कासन गर्ने तयारी गरेको छ।
कम्पनीले यही माघको तेस्रो साताबाट सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी भइरहेको जानकारी दिएको हो। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले यही माघ ४ गते निष्कासनको अनुमति दिएको थियो।
ग्रीन लाइफले आफ्नो जारी पुँजी १ अर्ब ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात १८ करोड रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता सेयर तथा स्थानीयका लागि बिक्री खुल्ला गरिएको सेयरमध्ये बिक्री नभएका १६ लाख ९६ हजार ४०० कित्ता सेयर गरी जम्मा ३४ लाख ९६ हजार ४०० साधारण सेयर (सामूहिक लगानी कोष, कर्मचारी तथा सर्वसाधारणका लागिसमेत गरी) सर्वसाधारणमा निष्कासन गर्नेछ।
यसैबीच ग्रीन लाइफको सेयर रजिस्ट्रामा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ।
सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा ग्रीन लाइफका तर्फबाट अध्यक्ष याङ्चेन डोमा लामा र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन्।
ग्रीन लाइफ कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६६ साल असोज ४ गते नेपाल सरकार उद्योग मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयमा ग्रीन लाइफ इनर्जी प्रालिका रुपमा दर्ता भएको थियो। यो कम्पनी २०७४ असार ९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको कम्पनी हो।
कम्पनीको प्रदेश नं. ३ को दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका (तत्कालीन खारे तथा मार्बु गाविस) मा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई आयोजना निर्माण गरी ४० मेगावाट क्षमताको बिजुली उत्पादन गर्ने उद्देश्यअनुरुप २०७८ वैशाखदेखि विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको छ।
4 hours ago
4 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago