काठमाण्डौ । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आउँदो बुधबारदेखि सुरु हुने भएको छ।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसँगको छलफलमा माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुने जानकारी गराएका हुन्। खोप अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने मन्त्री त्रिपाठीले बताए। 

पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरु स्वास्थ्यकर्मी, शव व्यवस्थापनमा खटिने, सफाइकर्मी, सुरक्षाकर्मीलगायत खोप लगाइने त्रिपाठीले बताए। खोप अभियानअघि कुनै समस्या भएर समाधान गर्न पनि उनले जानकारी दिए।

भारतबाट अनुदानको १० लाख डोज कोरोनाविरुद्धको खोप (कोभिशिल्ड) आइसकेको छ। खोप अभियान चलाउन सातै प्रदेशमा भण्डारणहरुमा खोप पठाउने तयारी भइरहेको मन्त्री त्रिपाठीले जानकारी दिए। हाल भारतबाट आएको टेकुमा राखिएको छ।