काठमाण्डौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले निश्कासनको क्रममा नबिकेको हकप्रद सेयरको लिलामी खुलाउने भएको छ । 

कम्पनीले माघ ६ गतेदेखि ४२८० कित्ता सेयर लिलामीमा राख्ने भएको हो ।

यो कम्पनीले मंसिर २ गतेदेखिख पुस ८ गतेसम्म हकप्रद सेयरको निश्कासन गरी पुस २३ गते बाँडफाँड गरेको थियो । सो क्रममा बाँकी रहेको संस्थापक समूहको १८३ कित्ता र सर्वसाधारण समूहको ४०९७ कित्ता सेयर लिलामीबाट बिक्री गर्न लागेको हो । 

लिलामीका लागि माघ १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

लिलामीमा सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम रु. १०० रुपैयाँको बोली लगाउनुपर्नेछ । सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । 

सर्वसाधारण लगानीकर्ताले सर्वसाधारण समूहतर्फको सेयर लिलामीमा बोलपत्र पेश गर्न सक्नेछन् भने संस्थापक समूहतर्फको सेयरमा भने कम्पनीका संस्थापककै पहिलो हक हुनेछ ।

यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ९२० रुपैयाँ रहेको छ ।