काठमाण्डौ। नेपालमा सबैभन्दा छिटो फोरजी नेटवर्क सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले साना तथा मझौला उद्यमहरुको वृद्धि र विकासका लागि नयाँ योजना ‘स्मार्ट एसएमई सीयूजी’ योजना ल्याएको छ। 

यस योजना साना र मध्यम आकारका उद्यमीलाई उत्कृष्ट सञ्चार योजनाहरु प्रदान गर्न समर्पित छ। साना र मझौला उद्यमले यस योजनाअन्तर्गत अनलिमिटेड भ्वाइस कल, एसएमएस र डाटा प्याकहरुलगायतका लाभहरु प्राप्त गर्न सक्छन्।

यस योजनाअन्तर्गत कुनै पनि कम्पनीमा आबद्ध कर्मचारीले भ्वाइस कल र एसएमएसको सीमित उपलब्धताका बारेमा चिन्ता लिनु पर्दैन। किनकि यो योजनामार्फत कम्पनीको सदस्यता भएको मोबाइल नम्बरहरुबीच कुराकानी गर्न असीमित भ्वाइस कलहरु प्रदान गर्दछ। 

कम्पनी तथा व्यवसायमा कार्यरत कर्मचारीले नियमित सञ्चार र निर्धक्क कुराकानीको लाभ उठाउनुका साथै नियमित न्युज तथा अपडेटसमेत पाउनेछन्। रु. २०० को सुपथ मूल्यमा, नेपालभरका प्रयोगकर्ताले यस योजनामा निम्न लाभ प्राप्त गर्न सक्नेछन्–

  • CUG (Voice & SMS) Unlimited within organization
  • 5GB Data (2G & 4G)
  • 150 mins Voice (On-net/Off-net)
  • 150 mins Voice (All net)
  • 150 SMS (On-net/Off-net)
  • 150 SMS (All net)
  • 300 mins Voice (On-net)
  • 300 SMS (On-net)
ग्राहकहरुको इच्छा र आवश्यकतालाई मध्यनजरमा राख्दै स्मार्ट टेलिकमले सधैं नयाँ तरिकाबाट सोच्ने र तीनलाई आफ्नो उपयोगी योजनाका रुपमा डिजाइन गर्ने र सबै प्रकारका ग्राहकहरुलाई समेट्ने गरी  योजनाहरू लिएर आउने गर्दछ। प्रयोगकर्ताको अनुभवलाई सजिलो बनाउने र बढावा दिने हाम्रो प्रतिबद्धतालाई कायम राख्दै स्मार्ट टेलिकमले दैनिक जीवनलाई सहज बनाउने यस्ता विभिन्न किसिमका रोमाञ्चक अफर तथा योजना ल्याउँदै आउनुका साथै स्मार्ट प्रयोगकर्तासँगको सम्बन्धलाई बलियो बनाउन सधैँ सक्रिय रहेको छ।