काठमाण्डौ । दोलखा जिल्लामा निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाटी यही वैशाख महिनाभित्रै विद्युत उत्पादन सुरु हुने भएको छ।
वैशाखभित्रै आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने भएको हो। यसबारे संसदको अर्थ समितिको आइतबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका हुन्। ‘पहिलो युनिटबाट वैशाखभित्रै ७६ मेगावाट विद्युत उत्पादन गर्ने गरी काम तीव्र पारिएको छ’, उनले भने, ‘बाँकी युनिटबाट जेठ, असार, साउन र भदौ महिनामा क्रमशः विद्युत् उत्पादन थप्दै लगिनेछ। आगामी भदौभित्रमा माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत उत्पादन भइसक्नेछ।’
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले वैशाखको ३१ गते नै माथिल्ला तामाकोशीको पहिलो युनिटबाट उत्पादन सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए। ‘असार मसान्तसम्म चारवटा युनिट आउँछन्’, उनले भने, ‘साउन मसान्तसम्ममा बाँकी २ वटा युनिट गरेर ६ वटा युनिट आउने अवस्था रहेको छ।’
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago