काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको प्रि-ओपन सेसनमा पहिलो कारोबार सुरु भएको छ ।
कम्पनीको पहिलो कारोबार प्रतिसेयर २८८.४० रुपैयाँमा भएको छ । कम्पनीको शेयर एमएमकेजेएल स्टक संकेतमा कारोबार सुरु भएको छ।गत कात्तिक २३ गते बिहीबार नेप्सेमा कम्पनीको १ करोड कित्ता सूचीकृत भएको थियो।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरेको ७० लाख कित्ता गरी कुल १ करोड सेयर नेप्सेमा सूचीकृत भएको हो।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६.१४ रुपैयाँदेखि २८८.४२ रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको थियो।
नेप्सेमा तिहार अघि नै सूचीकृत भएता पनि छठपछिको पहिलो कारोबार दिन स्पेशल प्रि-ओपन सेसनमा कारोबार भएकाले अब नियमित बजारमा कम्पनीको सेयर कारोबार गर्न सकिनेछ। कम्पनीको सेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago