काठमाण्डौ । विपक्षी दलहरुको नेतृत्वमा आज सर्वोच्च अदालतमा दायर गरिएको रिटमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहका २३ सांसदले मात्र हस्ताक्षर गरेका छन् । 

यसरी हेर्दा नेपालको पक्षमा एमालेका २३ निवर्तमान सांसद मात्र देखिएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने गरी राष्टपति कार्यालयमा पेश भएको दाबीपत्रमा भने २६ सांसदले हस्ताक्षर गरेका थिए । केही सांसदले आफ्नो हस्ताक्षरको दुरुपयोग गरिएको आरोप लगाएका थिए ।  

विपक्षी दलहरुको नेतृत्वमा एमालेको नेपाल समूह समेतको साथ र सहयोगमा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश माग्दै सोमबार सर्वोच्चमा रिट दायर गरिएको हो । माधव नेपाल समूहका निवर्तमान ३ सांसदले साथ छाडेसँगै रिटमा १४६ जनाको मात्र हस्ताक्षर रहेको छ । 

नेपाललाई कुन कुन निर्वतमान सांसदले मात्र साथ दिए त ? हेर्नुहोस् रिटमा हस्ताक्षर गर्ने एमाले नेता(निवर्तमान सांसद)हरुको सूची:

१. माधवकुमार नेपाल
२. झलनाथ खनाल
३. भीम रावल
४. सुरेन्द्र पाण्डे
५. भवानी खापुङ
६. राजबहादुर बुढा
७. यज्ञराज सुनुवार
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. जीवनराम श्रेष्ठ
११. नारायण खतिवडा
१२. धनश्याम भुसाल
१३. सोमप्रसाद पाण्डे
१४. मेटमणी चौधरी
१५. झपट रावल
१६. दिपकप्रकाश भट्ट
१७. रामकुमारी झाँक्री
१८. सरला यादव
१९. पुष्पाकुमारी कर्ण
२०. कल्याणी खड्का
२१. निरादेवी जैरु
२२. लक्ष्मीकुमारी चौधरी
२३. मुकुन्द न्यौपाने