काठमाण्डौ । जन्म असत्य हो । मृत्यु सत्य हो । जन्म अनिश्चित हुन सक्छ तर मृत्यु निश्चित छ । यो सबैलाई जानकारी भएकै कुरा हो । तर के मानिस साँच्चैमा अमर बन्न सक्छ त ? सायद पत्याउन गाह्रो पर्ला । तर यो असम्भवलाई सम्भव बनाउने प्रयासमा खटिएका छन्, रसियन बिजनेसम्यान मिट्री इट्सकोब । 

इट्सकोबको दाबी छ सन् २०४५ सम्म मानिसलाई अमर बनाउन सकिन्छ । उनले आफ्नो अनुसन्धान र कार्यको योजना पनि पेस गरेका छन् । उनी भन्छन्, ‘यो कार्यका लागि मानिसको दिमागलाई कोडमा परिवर्तन त्यसलाई रोबोटमा बदल्ने ।’

इट्सकोबका अनुसार यो योजनाअनुसार पहिला मानिसको पर्सनालिटीलाई कृत्रिम मस्तिष्कमा परिवर्तन गरिनेछ । यसरी मानिसलाई अमर बनाउन सकिन्छ र यो सम्भव पनि छ । 

यो अनुसन्धान सन् २०११ बाट सुरु भएको थियो र यो सन् २०४५ मा पूरा हुनेछ । यो अनुसन्धानमा थुप्रै रसियन वैज्ञानिक सामेल छन् । 

इट्सकोबले ठूलो रिसर्च सेन्टर निर्माण गरिरहेका छन् । जहाँ केबल रोबोट र सायबरनेटिक्समा काम गरिनेछ । यो दुवै विभाग मिलाएर मानिस र मेसिनबीचको तालमेल मिलाउने काम गरिनेछ । 

त्यहाँ परिचालित टोलीको नाम रेकान राखिएको छ । यो टोलीले मानिसको दिमाग कम्प्युटरमा म्याप गर्नेछ । टोलीको एक वैज्ञानिकका अनुसार सन् २०३५ सम्म मानिसको पर्सनालिटीलाई बुझेर आर्टिफिसियल ब्रेन तयार गर्ने काम पूरा हुनेछ र त्यसको कोडलाई रोबोटमा स्थानान्तरण गरिनेछ ।

वैज्ञानिक टोलीको यो पनि दावा छ कि रोबोटको अनुसार तपाइँले जस्तो चाहनुहुन्छ त्यस्तै बनाउन सकिनेछ । उनी भन्छन्, ‘मानिसको दिमाग कम्प्युटरजस्तै काम गर्छ, त्यसैले यसलाई ट्रान्सफर गर्न सकिन्छ ।’

इट्सकोबको यो योजनालाई विज्ञानको क्षेत्रमा शोध गरिरहेको धेरैजसो वैज्ञानिकले समर्थन गरिरहेका छन् । वैज्ञानिकहरु अहिलेदेखि नै शरीरका लागि यस्तो अंग तयार गरिरहेका छन् जुन दिमागबाट नियन्त्रित गर्न सकियोस् । यिनलाई बायोनिक बढी पार्टस भनिन्छ । – एजेन्सी