काठमाण्डौ । मारुतीले यो जुन महिना नयाँ लुकमा भिटारा ब्रेजा बजारमा ल्याउने भएको छ। 

कम्पनीले मारुती ब्रेजाको लन्च मिति तय गरेको छ। ब्रेजा जुन ३० मा नयाँ शैलीमा बजारमा आउनेछ। 

भिटारा ब्रेजा मारुतीको सबैभन्दा धेरै बिक्री हुने मोडलमध्ये एक हो। त्यसैले मारुतीले नयाँ ब्रेजामा त्यो सुविधा थपेको छ। जुन अहिलेसम्म यस कम्पनीको कुनै पनि गाडीमा छैन। बजारमा नयाँ ब्रेजाले टाटा नेक्सन, निसान म्याग्नाइटजस्ता गाडीसँग प्रतिस्पर्धा गर्नेछ।

सनरुफका साथ आउनेछ

मारुतीले पहिलोपटक आफ्नो कुनै पनि गाडीमा सनरुफ सुविधा थपेको छ। नयाँ ब्रेजा मारुतीको सनरुफसहित आउने पहिलो कार हुनेछ। यसबाहेक कम्पनीले यस गाडीमा धेरै नयाँ फिचरहरु पनि थपेको छ। नयाँ ब्रेजा लक्जरीसँगै निकै हाइटेक हुनेछ। यसमा सनरुफका साथ हेड अप डिस्प्ले (एचयूडी) पनि हुनेछ। कम्पनीले यसको फ्रन्ट ग्रिललाई सार्प लुक दिन सक्छ, जसले यसलाई थप स्पोर्टी बनाउँछ। यसका साथै यो नयाँ कारमा नयाँ एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी डीआरएल, नयाँ एलोय ह्विल र रिफ्रेस डिजाइन एलिमेन्ट्सहरु हुनेछ। 

यी फिचरले बनाउनेछ दमदार 

मारुती ब्रेजाको इन्टेरियरका बारेमा कुरा गर्दा फ्लोटिङ टच–स्क्रिन फोन कनेक्टिभिटी एपहरु यसमा हुनेछ। यसका साथै डुअल टोन ड्यासबोर्ड, ३६० क्यामेरा, अटो एयर कन्डिसन फिचर पनि उपलब्ध हुनेछन्। रियर एसी भेन्ट र सनरुफका साथमा मारुती ब्रेजा पूर्ण एसयूभीजस्तो देखिन्छ। मारुती सुजुकीले भिटारालाई २०२२ मोडलबाट अलग गरेको छ र अब यो एसयूभीको नाम मारुती ब्रेजा हुनेछ।

यो वर्ष मारुतीको यो तेस्रो लन्च

यस पटक पनि ब्रेजामा १.५ लिटर के–सिरीजको पेट्रोल इन्जिन हुन सक्छ। मारुतीले हालै अपडेटेड अर्टिगा र एक्सएल६ मा पनि यही इन्जिन प्रयोग गरेको छ। यो कारको सुरुआती मूल्य भारु. ८ लाखसम्म हुन सक्छ। यसपटक कम्पनीले ब्रेजामा अटोमेटिक क्लाइमेट कन्ट्रोलसहित ६ वटा एयरब्याग पनि उपलब्ध गराउन सक्नेछ। ठूला साइजका गाडीको मामिलामा यो वर्ष मारुतीको तेस्रो लन्च हो। 

यसअघि कम्पनीले अर्टिगा र एक्सएल६ लन्च गरिसकेको छ। –एजेन्सी