काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पती मारुती सुजुकी यो वर्ष थप तीन नयाँ कार लन्च गर्ने तयारीमा छ।

यही वर्ष मारुती सुजुकी नयाँ तीनवटा कार लन्च गरिएको छ। जसमा मारुती ब्रेज्जा, मारुती इग्निस र मारुती डिजायर रहेका छन्। 

अब फेरि मारुती सुजुकीले लन्च गर्न लागेका ३ नयाँ कारका विषयमा यहाँ चर्चा गरौँ।

मारुती सुजुकी एस–क्रस

मारुती सुजुकीले आफ्नो यो क्रसओभर एसयूभीलाई पेट्रोल इन्जिनका साथ लन्च गर्नेछ। यो कार अटो एक्सपोमा शोकस गरिसकिएको छ। 

यो कारमा १.५ लिटर के१५बी पेट्रोल इन्जिन हुनेछ। जुन यसअघि सियाज, अर्टिगा र विटारा ब्रेजामा रहेको थियो। यो इन्जिनले १०५ पीएसको पावर र १३८ एनएम टार्क जेनरेट गर्न सक्छ। 

पहिलो यो एसयूभी १.३ लिटर डिजेल इन्जिनमा आउँथ्यो। जसको उत्पादन अहिले बन्द गरिएको छ। 

अपडेटेड एस क्रस तीन भेरियन्ट डेल्टा, जिटा र अल्फामा आउनेछ। यसको मतलब पहिले आउने एसयूभीको बेस भेरियन्ट सिग्मा अहिले बन्द गरिएको छ। 

बीएस ६ एस क्रस पेट्रोल जुनको अन्त्यतिर लन्च कम्पनीले जनाएको छ।

यसको सुरुआती मूल्य भारु ९.९० लाख हुने अनुमान गरिएको छ।  

मारुती सुजुकी एस–प्रेसो सीएनजी

यो नयाँ कार पनि अटो एक्सपोमा पेस गरिएको थियो। यसमा फ्याक्ट्री फिटेज सीएनजी किटका साथ बीएस ६ कम्प्लायन्ट १.० लिटर के१०बी पेट्रोल इन्जिन हुनेछ। सीएनजी मोडमा यो इन्जिनले ५९.१४ पीएस पावर र पेट्रोल मोडमा ६७.९८ पीएसको पावर दिनेछ। यसका साथै ५ स्पिड म्यान्युअल गियरबक्स पाइनेछ। 

एस–प्रेसोका चारवटै भेरियन्टमा सीएनजी अप्सन पाइने आशा गरिएको छ। कारको डिजाइन र फिचर्समा कुनै बदलाव हुने छैन। 

मारुती एस–प्रेसो सीएनजी आउने महिना लन्च हुन सक्ने बताइएको छ। 

मारुती सुजुकी स्विफ्ट फेसलिफ्ट

मारतीय सुजुकीले आफ्नो यो लोकप्रिय कारे अपडेटेड मोडल ल्याउन लागेको हो। स्विफ्ट फेसलिफ्ट जापानमा पेस गरिसकिएको छ। 

यो कारको लुकमा कस्मेटिक बदलाव देखिन पाइनेछ। यसमा नयाँ ग्रिल, ग्रिलको बीचमा क्रोम पट्टी, रिभाइज्ड फ्रन्ट बम्पर र नयाँ आयल ह्विल्ज समावेश रहेका छन्। 

अपडेटेड स्विफ्टमा सबैभन्दा ठूलो परिवर्तन यसको इन्जिनमा देख्न पाइनेछ। यसमा नयाँ १.२ लिटर ड्युट–जेट पेट्रोल इन्जिन पाइनेछ। जसले ९१ पीएस पावर जेनरेट गर्नेछ। 

यो कारको इन्जिन स्विफ्टको मौजुदा १.२ लिटर पेट्रोल इन्जिनभन्दा धेरै पावरफुल हुनेछ। स्विफ्ट फेसलिफ्टलाई भारतीय बजारमा यही वर्षको अन्त्यसम्म लन्च गर्ने लक्ष्य राखिएको छ। – एजेन्सी