काठमाण्डौ । भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकीले एयरब्याग कन्ट्रोलरमा खराबी देखिएपछि बजारबाट १७ हजार ३६२ युनिट कार फिर्ता मगाएको छ।
एक्सचेन्ज फाइलिङका अनुसार यो रिकलबाट प्रभावित कार मोडलहरुमा डिसेम्बर ८, २०२२ र जनवरी १२, २०२३ बीचमा निर्मित अल्टो के १०, एस–प्रेसो, ग्रान्ड भिटारा, इको, ब्रेजा र बलेनो समावेश छन्।
कम्पनीले सम्भावित त्रुटिले सवारी दुर्घटनाको घटनामा एयरब्याग र सिट बेल्ट प्रिन्टेन्सरको काममा हस्तक्षेप गर्न सक्छ। कम्पनीले ग्राहकलाई खराब पार्ट नफेरेसम्म गाडी नचलाउन सुझाव पनि दिएको छ।
मारुती सुजुकीका आधिकारिक वर्कसपहरुले प्रभावित सवारीसाधन मालिकसँग सम्पर्क गर्नेछन् र निःशुल्क रुपमा पार्ट फेरिदिनेछन्। –एजेन्सी
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago