काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले फेस्टिभल सिजना सुरु हुनुअगावै कारको मूल्य घटाएको छ।

कम्पनीले पपुलर मोडल बलेनोसहित १० वटा मोडलको मूल्य बुधबारदेखि लागू हुने गरी घटाएको हो । कम्पनीले एक्स शोरुममा कारको मूल्य भारु ५ हजारसम्म घटाएको छ । यी कारको मूल्य भारु २.९३ लाखदेखि ११.४९ लाखसम्म पर्छ । 

मारुती सुजुकीले अल्टो ८००, अल्टो के१०, डिजल कार स्विफ्ट, सेलेरियो, विराटा ब्रेजा, एस–क्रस, डिजल फ्युल वेरियन्टेड बलेनो, टुर एस डिजेल र डिजल कार डिजायरजस्ता कारको मूल्य घटाएको हो । 
कम्पनीलाई विश्वास छ कि फेस्टिभल सिजन सुरु हुनुअगावै मूल्य घटाइँदा एन्ट्री लेवलका कारको डिमान्ड बढ्नेछ । –एजेन्सी