काठमाण्डौ । दिग्गज अटोमोबाइल कम्पनी मारुती सुजुकीले सन् २०२० अप्रिलबाट डिजेल काल उत्पादन बन्द गर्ने घोषणा गरेको छ । 

कम्पनीले हालै बीए–भीआई कन्प्लायन्ट डिजेल इन्जिन भएको बलेनो र अल्टो कार पेस गरेको छ । अब कम्पनीले स्पष्ट पारेको छ कि आफ्नो लाइन–अपमा डिजेल इन्जिन कार उत्पादन हटाइएको छ । यद्यपि कम्पनीले राम्रो डिमान्ड भएमा डिजेल इन्जिन कारहरु रिइन्ट्रिड्युस गरिने पनि जनाएको छ ।

डिजेल इन्जिन बीएस–भीआई नम्र्सबमोजिम अपग्रेड गर्न निकै लागत लाग्छ । जसका कारण मोडल्सको दाम पनि निकै बढाउनुपर्ने हुन्छ । यसले कारको बिक्रीमा निकै असर गर्छ ।

अब १.५ लिटर क्षमताको लाइन–अपमा डिजेल इन्जिन कारको उत्पादन नहुने कम्पनीले जनाएको छ । कम्पनीले आफ्नो यो निर्णयमा लाइट कमर्सियल भेइकल्सलाई पनि समावेश गरेको छ । अब यी भेइकल्स सीएनसी पावरट्रेनमा पाइनेछ ।

मारुती सुजुकी इन्डियाका चेयरम्यान आरसी भार्गवले सन् २०२० अप्रिल १ बाट डिजेल कार बिक्री बन्द हुने बताए । अहिले कम्पनीसँग थुप्रै डिजेल इन्जिन कार छन् । घरेलु मार्केटमा पनि कम्पनीको कुल बिक्रीको २३ प्रतिशत डिजेल भेइकल्स नै छ ।

यसअघि सन् २०१६ मा भारतको केन्द्र सरकारले भारतमा बीएस–भीको सट्टा बीएस–भीआई नम्र्सको प्रयोग गर्ने घोषणा गरेको थियो । सन् २०२० अप्रिल १ बाट केबल बीएस–भीई कम्प्लायन्ट भेइकल्समात्र उत्पादन गरिनेछ ।

कम्पनीले जनवरीदेखि मार्च २०१९ सम्म ०.४ प्रतिशत ग्रोथका साथ ४ लाख २८ हजार ८६३ कार बेचेको थियो । –एजेन्सी