काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार बजारमा खुलेको डेढ घन्टामै साढे ८ अर्ब बढीको कारोबार भइसकेको छ। 

यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत २१३ कम्पनीका १ करोड ५६ लाख ८६ हजार ६० कित्ता सेयर ८ अर्ब ४१ करोड ३८ लाख ४७ हजार ५४६ रुपैयाँमा किनबेच भइसकेको छ। यतिबेलासम्म नेसनल हाइड्रोको सर्वाधिक १७ करोड ४ लाख रुपैयाँ बढीको कारोबार भइसकेको छ।

अहिलेसम्म नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ९ वटामा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ। होटेल तथा पर्यटन समूह सर्वाधिक ४.५९ प्रतिशतले उकालो लागेको छ भने अन्य समूह ०.६३ प्रतिशतले ओरालो लागेको छ।

यो अवधिमा ८ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। खानीखोला हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशत तथा सीईडीबी हाइड्रोपावर, ओरियन्टल होटेल, तारागाउँ रिजेन्सी होटेल, युनियन हाइड्रोपावर, एचआईडीसीएल र सोल्टी होटेलको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। बरुण हाइड्रोपाव र रिडी हाइड्रोपावरका सेयरधनीहरुले भने सर्वाधिक गुमाएका छन्। यी दुवै कम्पनीको सेयरमूल्यमा ६ प्रतिशतको हाराहारीमा गिरावट आएको छ। 

अहिलेसम्म नेप्से परिसूचक ४४.९२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक ३०२८.०३ को विन्दुमा उक्लिएको छ। जुन हालसम्मकै उच्च हो।