काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार बजार खुलेको २ घन्टामै सवा ९ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ। नेप्से परिसूचक भने ओरालो लागेको छ। 

बजार खुलेको सुरुआती चरणमा उकालो लागेको नेप्से परिसूचक दोस्रो घन्टामा ११.६४ अंकले ओरालो लागेको हो। अहिले नेप्से ३०१४.१८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.२५ अंकले घटेर ५४६.७६ को विन्दुमा ओर्लेको छ। 

यो समाचार तयार पार्दासम्म बजारमा २१८ कम्पनीका १ करोड ७१ लाख १९ हजार ७९९ कित्ता सेयर ९ अर्ब २६ करोड ६३ लाख ७४ हजार २७ रुपैयाँमा किनबेच भएका छन्। यो अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४९ करोड ३६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ भने ७ वटामा रातो पोतिएको छ। यो बेलासम्म अन्य समूह सर्वाधिक १.९१ प्रतिशतले उकालो लागेको छ भने विकास बैंक समूह ४.५७ प्रतिशतले ओरालो लागेको छ।

यो बेलासम्म ३ वटा कम्पनीमा सेयरमूल्यमा पोजेटिभ सर्किट लागिसकेको छ। सीईडीबी हाइड्रोपावर, खानीखोला हाइड्रोपाव र युनियन हाइड्रोपावरका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।