काठमाण्डौ । आज सेयर बजारमा उछाल आएको छ।

लगातार घटिरहेको बजार हिजोबाट उकालो लाग्न थालेको हो। आज यो समाचार तयार पार्दा (१ः०९ बजे) सम्म बजार १००.५ अंकभन्दा बढीले उकालो लागेको छ। नेप्से परिसूचक २८१२.१२ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.३९ अंकले बढेर ५२८.०२ को विन्दुमा पुगेको छ। 

यतिबेलासम्म सवा ३ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १५ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। 

नेप्से उपसमूहमा रहेका सबै समूह हरियाली छाएको छ। विकास बैंक र वित्त समूह सर्वाधिक ८ प्रतिशतको हाराहारीमा उकालो लागेका छन्। अरु समूहमा पनि २.२५ प्रतिशतदेखि ७.५ ले बढेका छन्। 

अहिलेसम्म ८ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। गुहेश्वरी मर्चेन्ट एन्ड बैंक एन्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स र हिमालयन ऊर्जामा १० प्रतिशत तथा मनकामना स्मार्ट लघुवित्त, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, घलेम्दी हाइड्रोपावर र श्री इन्भेस्टमेन्ट फाइनान्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो।

यो अवधिसम्म नेप्सेमा आज कारोबार भइरहेको १८५ वटामध्ये १८४ वटा कम्पनीको सेयरभाउ उकालो लागेको छ भने एउटाको मात्रै स्थिर रहेको छ।