काठमाण्डौ । सेयर धितो कर्जाको सीमा पुनरावलोकन हुने खबरले बिहीबार सेयर बजारमा उछाल आएको छ।
कारोबार खुलेको २ घन्टामा बजार ४७.८९ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २०३३.३२ को विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इन्डेक्स पनि ८.७९ अंकले बढेर ३८९.९६ को विन्दुमा पुगेको छ।
कारोबार पनि डेढ अर्ब रुपैयाँमाथि भइसकेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। अहिलेसम्म ६ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। बलेफी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशत तथा आँखुखोला जलविद्युत, शिवश्री हाइड्रोपाव, नेसनल हाइड्रोपावर र पाँचथर पावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ।
यो अवधिसम्म सन नेपाल लाइफ इन्स्योरेन्सको उच्च कारोबार भएको छ। यो कम्पनीको सवा १२ करोड रुपैयाँको बढी कारोबार भएको छ।
अहिलेसम्म नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीका ५२ लाख २३ हजार २५६ कम्पनीका सेयर १ अर्ब ५७ करोड रुपैयाँ बढीमा किनबेच भएका छन्।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago