काठमाण्डौ । टुबोर्गले भारतीय सुपरस्टार सलमान खानको दबाङ्ग द टुर यहि मार्च १०, २०१८ मा नेपालको टुडिखेलमा भब्यताको साथ आयोजना गर्ने भएको छ । 

नेपालमा पहिलोपटक दबाङ्ग टुर सलमान खानसहित अन्य कलाकारहरुको साथमा सोनाक्षी सिन्हा, प्रभु देवा, मिट ब्रदर, डेजी शाह, कृति सेननका साथै टेलभिनजकर्मी मनिष पाउले सहित कम्तीमा पाँचदर्जन कलाकारको मनोरञ्जनात्मक सांगितीक कार्यक्रम दबाङ्ग द टुर हुने भएको हो ।

यो भव्य कार्यक्रमको बारेमा शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलन गरी शोहेल इन्टरटेनमेन्ट एण्ड जेए इभेन्टस र नेपाली इभेन्ट कम्पनी ओडिसी इन्टरटेनमेन्टका अधिकारीहरुले विस्तृत जानकारी दिएका छन् ।

मार्चमा हुने इभेन्टमा सलमान खान लगायत अन्य कलाकारहरु बस्ने होटेल र कार्यक्रम प्रस्तुत गर्ने भेन्युको अवलोकनका लागि जेए इभेन्ट्सका तर्फबाट डाईरेक्टर जोडी पटेल र आदिल जग्मागिया मंगलबार काठमाडौंमा आईपुगेका कार्यक्रममा बताइएको छ । यसका अलावा सलमान खानले चन्द्रागिरी हिल्सको भ्रमण गर्ने र सगरमाथामा होटेल एभरेष्टमा खाजा नास्ता गर्ने तालिका रहेको छ । 

गोरखा ब्रुअरीका मार्केटिङ्ग डाईरक्टर बैभब शर्माले सलमान खान नेपाल आउने ऐतिहासिक कार्यक्रम हुन लागेकोमा खुशी व्यक्त गर्दै भने–“टुबोर्गले सधै म्युजिक र फनका लागि सहकार्य गर्दै आइरहेको छ । हामीले आफ्ना ग्राहकहरुलाई ताजगी तथा अकर्षकपन दिनका लागि सलमान खानसहित दबाङ्ग द टुरलाई काठमाडौंमा ल्याउन लागेका हौं । म्युजिकको साथमा हामीले आफ्नो ब्राण्डको इमेज बिल्डीङ्गको बिकास हुने योजनाहरु पनि बनाइरहेका छौं । टुबोर्ग भनेको म्युजिकको बेस्ट फ्रेण्ड हो र हामी एक साथ रहुञ्जेल यो बेस्ट रहिरहन्छ ।’ 

टुबोर्गले गीत संगीतको प्रवद्र्धमा विगत लामो समयदेखि योगदान गर्दै आइरहेको छ । विगत २० वर्षदेखि म्युजिक पारखीहरुलाई टुबोर्गले मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गर्दै आइरहेको छ । ब्राइन एडम्स्को लाईभ म्युजिकदेखि साईलेन्स फेस्टिभल, टुबोर्ग इमेज अवार्ड, राष्ट्रिय स्तरको म्युजिक कार्यक्रम जस्तै टुबोर्ग दोहोरी प्रतियोगिता, टुबोर्ग म्युजिक फिल्म फेस्टिभल आदि  चर्चित कार्यक्रम टुबोर्गले गर्दै आएको छ । 

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ब्राण्ड टुबोर्गको सन् १९९० मा उद्घाटन गरिएको थियो । यसका साथै कम्पनीले १९९५ मा काल्सबर्ग र २००२ मा रोयल डेनिस टुबोर्ग स्ट्रोङ्गलाई पनि भित्राएको थियो । 

उपभोक्ताहरुको आवश्यकतालाई निरन्तर ध्यान राख्दै गोरखा ब्रुअरीले २०१४ मा पुलअफ क्याप सहितको नयाँ रुपमा टुबोर्गलाई प्रस्तुत गरेको थियो । ‘खोलौं टुबोर्ग रमेर’ भन्ने मूल नाराका साथ टुबोर्गले सधै म्युजिकसँग बलियो सहकार्य गरिरहेको छ भने प्राय सबै म्युजिक कार्यक्रमहरुमा सहभागिता जनाउने गरेको छ । बजारमा अहिले टुबोर्ग ६५० मि.लि.बोतलमा र ५०० मि.लि. क्यानमा उपलब्ध छ ।