काठमाण्डौ । ब्रोकरहरुले मार्जिन कारोबारका लागि प्रवाह गर्ने रकम लगानीकर्ताको धितोपत्रलाई नै बैंक तथा वित्तीय संस्थामा धितो राख्ने प्रयासलाई नेपाल धितोपत्र बोर्डले अस्वीकार गरेको खुुलासा भएको छ।

मार्जिन कारोबारमा लगानीकर्ताहरुले आकर्षण नदेखाएपछि विभिन्न संसोधन गर्न भन्दै ब्रोकरहरुले नेप्से र बोर्ड गुुहारेको बेला मार्जिन कारोबारमा धितोपत्र धितो राखी बैंकबाट ऋण लिन पाउनुुपर्ने विषय भने हालसम्म बाहिर आएको थिएन । 

गत वर्षदेखि दोस्रो बजारमा तरलता थप गर्न सघाउ पुर्याउने र लगानीकर्ताहरुलाई सहजता हुने उद्देश्य राखी सञ्चालनमा आएको मार्जिन कारोबारमा प्रवाह गरिने ऋण रकम ब्रोकरले बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा राख्न पाउनुुपर्ने माग राखेकाले लगानीकर्ताको हितविपरीत हुुने ठहर गर्दै बोर्डले सो प्रस्ताव अस्वीकार गरेको बोर्डस्थित स्रोतले जानकारी दिएको छ । 

‘कार्यविधिअनुुसार मार्जिन कारोबारका लागि प्रवाह गर्नुुपर्ने रकम ब्रोकरको आफ्नै स्रोतबाट परिचालन गर्नुुपर्ने नियम छ।’स्रोतले भन्यो–‘५० ब्रोकर कम्पनीहरुको पूूँजी एकदमै न्यूून भयो र उनीहरुले मार्जिन कारोबारका लागि समेत स्रोत जुुटाउन नसक्नुु निकै दूूर्भाग्यपूूर्ण हो । ब्रोकरहरुको पूूँजी अपर्याप्ता छ, यसबारे पुुनरावलोकन गर्ने बेला आइसकेको छ।’

नेप्सेबाट मार्जिन कारोबार सुुुविधा उपलब्ध गराउन ब्रोकरहरुले लाइसेन्स लिए पनि एकाध मार्जिन कारोबार बाहेक हुन सकेन ।

मार्जिन कारोबार सुुविधासम्बन्धी कार्यविधि,२०७५ को  परिच्छेद ५ मा स्रोत तथा स्रोत परिचालनसम्बन्धी व्यवस्था छ । उक्त कार्यविधिको परिच्छेद ५ को बुुँदा नम्बर १४(१) मा सदस्य दलाल व्यवसायीले मार्जिन कारोबारका लागि आवश्यक रकम आफ्नै कम्पनीको आफ्नै स्रोत(नगद तथा स्वतन्त्र जगेडा) तथा वाणिज्य बैंकसँग ऋण लिई लगानी गर्न सकिने उल्लेख छ भने १४(२) मा सदस्य दलाल व्यवसायीले आफ्नो प्रमाणित खुुुद सम्पत्तिको दुुई गुुणासम्म मार्जिन कारोबार उपलब्ध गराउनसक्ने जनाइएको छ ।

मार्जिन ट्रेडिङ प्रयोजनकै लागि ब्रोकरबाट ठूूलो रकम प्रवाह हुुन असम्भव रहेको र चालूू पूूँजी अपर्याप्तता पनि मुुख्य कारण रहेको ब्रोकरहरु नै बताउँछन् । केही ब्रोकरहरुबाहेक अधिकांश ब्रोकरहरु ब्रोकरेज इण्डष्ट्रीमा थप लगानी गर्न रुचि देखाउँदैनन् । ५० ब्रोकर कम्पनीहरुको सिण्डीकेट रहेको पूूँजीबजारमा संस्थागत अभिवृद्धि र वित्तीय स्रोत सबल बनाउन अनि सूूचना प्रविधिमा लगानी गर्न भने साहस गर्न नसकिरहेको बिजशाला निकट ब्रोकर स्रोत दाबी गर्छन् । 

उसो त आफूू पनि बजारको विकास र विस्तारका लागि दायरा बढाउन नदिने अनि बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणमा अवरोध गर्न न्वारानदेखिको बल लगाइरहेको समाचार पनि नेपालको पूँजीबजारका लागि नौलो होइन ।