काठमाण्डौ । मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ। 

कम्पनीले यही जेठ २३ गते विशेष साधारणसभा डोकेको हो। सभा काठमाण्डौ–३१ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले पुँजी वृद्धिपछि सोहीबमोजिम प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

सभाले हाल कायम पुँजी संरचना (अधिकृत पुँजी, जारी पुँजी तथा चुक्तापुँजी) संशोधन गर्ने र सोका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

कम्पनीको पुँजी वृद्धि तथा प्रबन्ध र नियमावलीमा संशोधन वा थप गर्ने काममा नियमनकारी निकाय र कार्यालयले कुनै फेरबदल, संशोधन वा परिमार्जन गर्न वा मिलाउन कुनै सुझाव वा निर्देशन दिएमा सोहीअनुरुप आवश्यक फेरबदल गर्न कम्पनीको सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।