काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ७९ करोड ७३ लाख ७६ हजार ९३७.५ रुपैयाँको कुल १४ प्रतिशतले हुन आउने ११ करोड १६ लाख ३२ हजार ७७१.२५ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १३.३ प्रतिशतले हुन आउने १० करोड ६० लाख ५१ हजार १३२.६९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७ प्रतिशतले हुन आउने ५५ लाख ८१ हजार ६३८.५६ रुपैयाँबराबरको नगद लाभांश छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।
7 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago