काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंक संचालक समितिको माघ २२ गते बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ को वितरणयोग्य मुनाफाबाट १९.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । 

बैंकले १८.५२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७५ नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।