काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १५ प्रतिशत बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

नेप्सेमा अघिल्लो आर्थिक वर्षका लागि मिथिला लघुवित्तले आफ्नासेयरधनीहरुलाई जारी गरेको बोसन सेयर सूचीकृत भएको हो। सूचीकृत सेयर संख्या १ लाख ५८ हजार ७९१.४० रहेको छ। 

मिथिला लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।