काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको गत आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १२.६३१५७९ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १२ प्रतिशतले हुन आउने १ करोड ४६ लाख ८ हजार ९०१ रुपैयाँबराबरको बोनस सेयर र ०.६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८८९.५३ रुपैयाँबराबरको नगद (लाभांश करसहित) रहेका छन्। संस्थाको चुक्तापुँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ रहेको छ। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।