काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै खुद नाफा १०६.६९ प्रतिशतले वृद्धि गर्न सफल भएको छ । 

चौथो त्रैमास वितरणअनुसार संस्थाले आर्थिक वर्ष २०७५/७६ मा ६ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो हिसाबले संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा ३ करोड १७ लाख रुपैयाँको फड्को मारेको छ । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी १४ करोड ३४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष ८ करोड ३४ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाले व्यवसाय विस्तारमा पनि आक्रामक गति लिएको देखाउँछ । 

संस्थाको सञ्चालन मुनाफा ८ करोड २१ रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ५४ लाख रुपैयाँमात्र रहेको थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २ करोड ७१ लाख रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष १ करोड ७५ करोड रुपैयाँ रहेको थियो । 

यस अवधिमा संस्थाले १ अर्ब ६६ करोड रुपैयाँ सापटी लिई २ अर्ब ८३ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ सापटी लिई १ अर्ब ४२ करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी ११ करोड ६५ लाख रुपैयाँ थियो । 

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३२८.९७ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष २ करोड २३ लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ।

संस्थाको प्रतिसेयर आम्दानी ४७.७४ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १८.८३, प्रतिसेयर नेटवर्थ रु १७४.४५ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु २१९९.२९ रहेको छ ।