बनेपा । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालकहरुले आज सपथ ग्रहण गरेका छन्। 

संस्थापक समूहको रिक्त रहेको सञ्चालकमा जनक बोहरा तथा स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी सञ्चालक समितिले नियुक्त गरेको हो। संस्थाको केन्द्रीय कार्यालय बनेपामा संस्थाका अध्यक्ष टेकबहादुर बोहराले बोहरा र भट्टराईलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन्। नवनियुक्त सञ्चालक बोहरा सशस्त्र प्रहरी वल वरिष्ठ प्रहरीउपरीक्षक अवकाश प्राप्त र भट्टराई नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त हुन्। 

केन्द्रीय कार्यालयमा विभागीय प्रमुखहरु, कार्यकारी अधिकृतहरु तथा सञ्चालकहरु सञ्जू घिमिरेलगायतले नवनियुक्त सञ्चालकहरुलाई स्वागत गरेका थिए। सपथ ग्रहण कार्यक्रममा अध्यक्ष बोहराले नयाँ नियुक्त भएका सञ्चालकहरुको लामो समयको अनुभव र क्षमताले संस्थालाई अझ बलियो बनाएर अगाडि बढाउन सफल हुने बताए। 

त्यस्तै नवनियुक्त सञ्चालकद्वय बोहरा र भट्टराईले मिर्मिरे परिवारले आफूहरुलाई विश्वास गरेर सञ्चालक समितिमा नियुक्ति दिएकोमा आभारी व्यक्त गर्नुका साथै आफ्नो क्षमताले सदैव संस्थालाई अगाडि बढाउन सहयोग रहने बताए।