काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको हिजो साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। संस्थाले हाल कायम चुक्तापुँजी ४३ करोड ५० लाख ७१ हजार १५६.५० रुपैयाँको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। संस्थाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरी २ संस्था प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको हुँदा आयकर ऐन, २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकोले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको स्पष्ट पारेको छ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैठकले निर्णय गरेको छ।