काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६७ प्रतिशतले खुद नाफामा बढोत्तरी गर्न सफल भएको हो । गत वर्ष सोही अवधिमा संस्थाले ५८ लाख १९ हजार खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड १२ लाख रुपैयाँ पुगेको छ । जब कि गत वर्ष सञ्चालन मुनाफा ६७ लाख ७१ हजार रुपैयाँमा सीमित थियो ।

यसैगरी समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड १० लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

संस्थाले समीक्षा अवधिमा १ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड ऋण प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १ अर्ब ११ करोड निक्षेप संकलन गरी १ अर्ब ७० करोड रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

संस्थाको रिजर्भको आकार ११ करोड ६३ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा संस्थाको रिजर्भको आकार ७ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको चुक्ता पुँजी समीक्षा अवधिमा १२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा संस्थाको चुक्तापुँजी १० करोड ३८ लाख रुपैयाँ रहेको थियो ।

संस्थाको प्रतिसेयर आम्दानी ६६.३७ रुपैयाँ रहेको छ ।