काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ४५ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाले सञ्चालन मुनाफाबापत ३ करोड १२ लाख रुपैयाँ आर्जन गरेको थियो। 

प्रथम त्रैमासमा संस्थाले खुद ब्याज आम्दानीबापत ६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिमा ५ करोड १० लाख रुपैयाँ थियो।

संस्थाले समीक्षा अवधिमा १ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८३ करोड ८९ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ३०.७६ प्रतिशतले बढेर १५ करोड २० लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भको आकार ११ करोड ६३ लाख रुपैयाँको थियो।

संस्थाको निष्क्रिय कर्जा बढेर २.७२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको निष्क्रिय कर्जा ०.९८ प्रतिशतमा सीमित थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर २१.६१ रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा संस्थाको ईपीएस ६६.३७ रुपैयाँ रहेको थियो। संस्थाको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४२.०३ गुणा र प्रतिसेयर नेटवर्थ १३७.७९ रुपैयाँ रहेको छ।