काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योति लघुवित्तलाई प्राप्त गरेपछिको एकीकृत कारोबार भदौ १५ गतेबाट सुरु हुने भएको छ। 

बुद्धज्योति लघुवित्तलाई प्राप्ति गरेपछि मिर्मिरे लघुवित्त वित्तीय लिमिटेडकै नामबाट एकीकृत कारोबार हुनेछ। 

यी दुवै लघुवित्तको गत असार ३१ गतेसम्म विशेष साधारणसभाले मिर्मिरे लघुवित्तले बुद्धज्योति लघुवित्तलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। 

गत भदौ ६ गते नेपाल राष्ट्र बैंकले भने यी दुवै लघुवित्तको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको थियो। 

प्राप्तिपश्चात बन्ने मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका-८ बनेपाबजारमा रहनेछ। एकीकृत कारोबारका दिन संस्थाका सबै कार्यालयहरुमा कारोबार बन्द रहनेछ।