काठमाण्डौ । अन्तर्राष्ट्रिय ब्रान्डेड कपडा मिसियो खरिद गर्दा ५१ प्रतिशत छुट प्राप्त गर्न सकिने भएको छ।

मिसियो नेपालले सोमबार मार्च १ देखि मार्च ५ सम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको हो। मिसियोको शोरुम नयाँ बानेश्वर र सिभिल मल दुवै ठाउँबाट यो अफरको फाइदा लिन सकिने सञ्चालक रञ्जु तण्डुकारले जानकारी दिइन्। अफरले मिसियोका ग्राहक प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ। 

चीनको फेसन उद्योगको प्रतिष्ठित समूह यिसियनको स्वामित्वमा रहेको यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा मिसियोबाट परिचित हुँदैछ। सतप्रतिशत जेन्युन र अन्तर्राष्ट्रिय ब्राण्डको कपडा नेपाली बजारमा बिक्री भइरहेको कम्पनीले जनाएको छ। मिसियोले देशभर मिसियोको फ्रेन्चाइज पार्टनर विस्तार गर्ने तयारी गरिरहेको छ।

‘वयर नाउ पे लेटर’ अफर

यसैगरी मिसियो नेपालले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी ल्याएको ‘वयर नाउ पे लेटर’ अफरलाई समेत निरन्तरता दिएको छ। ६ वटा बैंकसँग सहकार्य गरी मिसियोले यो अफर ल्याएको हो। अफरअन्तर्गत ग्राहकले ९ हजार ९९९ रुपैयाँभन्दा बढीको मिसियो कपडा किन्दा शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा प्राप्त गर्नेछन्।

मिसियोले यसका लागि नबिल बैंक, स्टाण्डर्ड चार्टर बैंक, इन्भेष्टमेन्ट बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक र हिमालय बैंकसँग सम्झौता गरिसकेको छ। यी बैंकका क्रेडिट कार्ड होल्डर ग्राहकले शून्य प्रतिशत ब्याजदरमा ९ महिनाका लागि फाइनान्स सुविधा प्राप्त गर्नेछन्।

अहिले कपडा लगाएर पछिसम्म तिर्न सक्ने गरी मिसियोले ल्याएको यो अफरले धेरै ग्राहकलाई राहत हुने कम्पनीले विश्वास लिएको छ। महिला र पुरुष दुवैका लागि आवश्यक ब्राण्डेड कपडा मिसियो ब्राण्डमा नेपाली बजारमा उपलब्ध छ। नेपालमा बिक्री सुरु भएदेखि नै मिसियो ब्राण्डप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ।