काठमाण्डौ । मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको दोस्रोे संस्करण आयोजना हुने भएको छ। 

फेलिज इन्टरनेशनलले आयोजना गर्ने मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको पहिलो संस्करण २०१७ मा आयोजना गरिएको थियो र विजेता मिस टिन वर्ल्ड नेपाल र मिस्टर टिन वर्ल्ड नेपालले ब्राजिलको साउ पाउलोमा २०१७ को नोभेम्बर १० देखि १६ सम्म आयोजना भएको मिस टिन वर्ल्ड तथा मिस्टर टिन वर्ल्डमा सहभागिता जनाउने मौका पाएका थिए। मिस्टर टिन वर्ल्ड नेपाल शिर्षक विजेता पंकज सिंह ठकुरी ब्राजिलमा फस्र्ट रनर अप भएका थिए भने मिस टिन वर्ल्ड नेपाल शिर्षक विजेता स्वस्ती बैद्यले बेष्ट स्माइल तथा बेष्ट नेसनल कस्ट्युम टाइटल हात पारेकी थिइन्।

मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको दोस्रो संस्करण थप विशेष हुने भएको छ। यस संस्करणका विजेताले टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धा गर्ने अवसर पाउने छन् भने यस प्रतियोगिताको नलेज पार्टनर द ब्रिटिस कलेजमा रु. २० लाखसम्मको छात्रवृत्ति प्राप्त गर्नेछन्। 

यस प्रतियोगितामा पहिलो हुने प्रतिस्पर्धीले आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गर्नेछन् भने फस्र्ट रनर अप तथा सेकेन्ड रनर अपले ब्रिटिस कलेजबाट रु. १५ लाखसम्मको छात्रवृत्ति तथा सम्पूर्ण सहभागीले पहिलो वर्षका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपाल विजेताहरु १० अक्टुबर २०२२ मा टर्किएको इस्तानबुलमा आयोजना गरिने टप मोडल अफ युनिभर्समा प्रतिस्पर्धामा भाग लिने मौका प्राप्त गर्नेछन्।

पूर्वमिस नेपाल उषा खड्गी, नायक सलोन बस्नेत, नायक सलिन मान बानियाँ, मोडल पूजा गिरी, कोरियोग्राफर रोजिन शाक्यलगायतका निर्णायक मण्डलले अडिसन तथा विभिन्न प्रतिस्पर्धा मार्फत यस प्रतियोगिताका विजेता छनौट गर्नेछन्। जुलाई १६ मा द ब्रिटिस कलेज, थापथलीमा आयोजना हुने अडिसन मार्फत प्रतियोगीहरु सर्टलिस्ट गरिनेछ भने सर्टलिस्ट गरिएका प्रतियोगीहरु विभिन्न किसिमका प्रोजेक्ट वर्क तथा तालिमहरुमा सहभागी हुनेछन्। बैयक्तिक विकास र सिप विकासको उदाहरणीय प्रतियोगिताको रुपमा सञ्चालन गरिने मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालले आफ्नो करिअर पाथको खोजीमा रहेका किसोर किसोरीको समग्र विकासमा ठूलो मद्दत पुर्याउने अपेक्षा गरिएको छ। तसर्थ यो एक प्रतियोगितामात्र नभई सिकाई र समग्र विकासको अवसर समेत हो।

१६ वर्षदेखि २१ वर्ष उमेर समूहका युवाहरुले सहभागिता जनाउन सक्ने यो प्रतियोगिताले आत्मविश्वास, कार्यक्षमता अभिवृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्दत पुर्याउनेछ भने मोडलिङ तथा अभिनय पेसामा आबद्ध हुन चाहनेका लागि अवसर जुटाउन साहयक बन्नेछ। 

एसईई तथा प्सल टु परीक्षा दिएर बसेका विद्यार्थीको फुर्सदलाई उपयोग गर्दै जीवनको यो क्षणलाई एक उत्पादनशील र अविस्मरणीय बनाउन सकिने आयोजकको बुझाइ छ। 

प्रतियोगितामा सहभागिता

१६ देखि २१ वर्ष उमेर समूहका जोकोहीले भाग लिन सक्ने यस प्रतियोगिताको पहिलो चरणको अडिसनका लागि मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको फेसबुक पेजमा गएर अनलाइन फारम भर्नुपर्नेछ। जुलाई १६ मा आयोजना गरिने अडिसनमा छनौट भएका प्रतियोगीलाई विभिन्न तालिम, सेमिनार तथा प्रोजेक्ट वर्कमा सामेल गराई वैयक्तिक विकास गरिनेछ। यसरी तालिममा हुने सहभागिता बापत प्रतियोगीले रु. १५ हजार शुल्क तिर्नुपर्नेछ भने यसरी छनौट हुने हरेक प्रतियोगीले यस प्रतियोगिताको नलेज पार्टनर द ब्रिटिस कलेजमा पहिलो वर्षका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन्। अन्तिम प्रतियोगिताका विजेताहरुले विभिन्न किसिमका उपहारहरुका अलावा नगद पुरस्कार १ लाख रुपैयाँ, टर्किएको इस्तानबुलमा हुने प्रतियोगितामा सहभागिता तथा भ्रमणको मौकाका साथै द ब्रिटिस कलेजमा सतप्रतिशत छात्रवृत्तिसमेत प्राप्त गर्नेछन्।

आयोजक

मिस्टर एन्ड मिस टिन वर्ल्ड नेपालको आयोजक फेलिज इन्टरनेसनल मनोरञ्जनको दुनियाँमा एक परिचित नाउँ हो। बलिउडका चर्चित सेलिब्रेटीलाई नेपाली स्टेजमा उतार्ने क्रममा निरन्तर सफलता हासिल गर्दै गएको फेलिजले पछिल्लो पटक भारतीय गायिका आस्था गिल र आसिस कौरलाई नेपाली स्रोतामाझ पस्किएको थियो। स्थानीयस्तरमा विभिन्न कार्यक्रम निरन्तर गर्दै आएको फेलिजले सांस्कृतिक जनसम्पर्ककाका माध्यमबाट विश्व र समाजलाई एकताबद्ध बनाउन सकिने विश्वास राख्छ।