काठमाण्डौ । केही दिनअघि मुकेश अम्बानी एसियाकै सबैभन्दा धनाढ्य व्यक्तिको सूचीमा दोस्रो नम्बरमा झरे। एसियाकै धनाढ्य व्यक्तिको ताज खोसिएको केही दिनमै पुनः अम्बानीलाई दोस्रो ठूलो झट्का लागेको छ।

गत शुक्रबार सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी) ले सेयर कारोबारमा क्रममा गडबडीको मामिलामा रिलायन्स इन्डिस्ट्रिज लिमिटेड (आरआईएल) र मुकेश अम्बानीलाई भारी जरिवाना तिर्न आदेश दिएको हो। उनका अलावा अन्य दुई कम्पनीमाथि पनि सेबीले जरिवाना तोकेको छ।

सेबीले मुकेश अम्बानीलाई भारु १५ करोड र उनको कम्पनी रिलायन्सलाई भारु २५ करोड जरिवाना तिर्न भनेको छ। अर्थात अम्बानीले कुल भारु ४० करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ।

सेबीले अम्बानीका अलावा नवी मुम्बई सेज प्राइभेट लिमिटेडलाई भारु २० करोड र मुम्बई सेट लिमिटेडलाई भारु १० करोड जरिवाना लगाएको छ। 

सेबीले आरआईएलले रिलायन्स पेट्रोलियम लिमिटेड (आईपीएल) को सेयर कारोबारमा गडबडी गरेको आरोप लगाएको छ। यो घटना सन् २००७ नोभेम्बरको हो। आरपीएलको सेयरको फ्युचर एन्ड अप्सन सेक्सनको ट्रेडिङसँग जोडिएको छ। आरआईएलले मार्च २००७ मा आरपीएलको ४.१ प्रतिशत हिस्सेदारी बेच्ने निर्णय लिएको थियो। यद्यपि २००९ मेमा आरआईएलले यो सब्सिडियरी कम्पनी आरपीएललाई रिलायन्स इन्डस्ट्रिजमै विलय गर्यो। 

सेबीले भने आरएलआईले आरपीएलको आफ्नो करिब ४.१ प्रतिशत हिस्सेदारी बेच्दा गडबडी गरेको आरोप लगाएको छ। पहिले रिलायन्सका तर्फबाट डि गर्दै केही पार्टीले आरपीएल फ्युचर्सलाई किने। त्यहीबेला रिलायन्सका तर्फबाट आफ्नो आरपीएलमा रहेको हिस्सेदारी बेच्दा कम्पनीलाई फाइदा भयो। किनकि आरपीएल फ्युचर्स खरिददारीकै कारण फ्युचर एन्डअप्सन सेगमेन्टमा आरपीएलको सेटलमेन्टको मूल्य कम हुन पुग्यो। 

सेबी अधिकारी बीजे दिलीपले धितोपत्रको संख्या वा मूल्यमा हुने कुनै पनि गडबडीले सधैँ बजारमा लगानीकर्ताको विश्वासमा आघात पुर्याउने बताए। यी कारण बजारमा हुने हेराफेरीले सबैभन्दा बढी लगानीकर्ताहरु नै प्रभावित हुने उनको ठहर छ। ‘तर आम लगानीकर्ताहरुलाई यो कुरा थाहा थिएन कि फ्युचर एन्ड अप्सन सेक्सनमा भएको डिलको पछाडि रिलायन्स इन्डस्ट्रिजको हात थियो’, उनले भने।

हालसम्म यस विषयमा रिलायन्स इडस्ट्रिजबाट कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन। – एजेन्सी