काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभाको मिति र स्थान टुंगो लगाएको छ।

बैंक सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २५ गते शनिबार पोखरा होटल पोखरा ग्रान्डमा भर्चुअल माध्यमबाट आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ। 

बैंकले गत आर्थिक वर्षका लागि कुल १५.५०७४ प्रतिशत लाभांश प्रस्ताव गरेकोछ। जसमा ११.२५ प्रतिशतले हुन आउने बोनस सेयर र ४.२५७४ प्रतिशतले हुन आउने नगद लाभांश रहेका छन्। 

यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १३ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १२ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।