काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म मुक्तिनाथ विकास बैंक लिमिटेडको नाफा ३०.२८ प्रतिशतले बढेको छ।
बैंकको बिहीबार सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ४६ करोड ३७ लाख रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ५२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
बैंकको सञ्चालन मुनाफा पनि २८.१९ प्रतिशतले बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ६७ करोड ४९ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यस्तो आम्दानी गत वर्ष यही अवधिसम्म १ अर्ब ९ करोड रुपैयाँ रहेको थियो।
बैंकले यो अवधिसम्म ७४ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब २७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५७ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको रिजर्भको आकार १४.३९ प्रतिशतले बढेको छ। गत वर्ष ८१ करोड ५६ लाख रुपैयाँमा सीमित रिजर्भको आकार बढेर ९३ करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको निष्क्रिय कर्जा दर (एनपीएल) ०.३ प्रतिशत रहेको छ। जुन गत वर्ष ०.११ प्रतिशत रहेको थियो। बैंकको आधार दर ११.१८ प्रतिशतबाट घटेर ८.३८ प्रतिशतमा झरेको छ।
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर २५.५९ रुपैयाँ पुगेको छ। गत वर्ष ईपीएस २१.८५ रुपैयाँ रहेको थियो। बैंकको पीई रेसियो १४.७३ गुणा र प्रतिसेयर कुल नेटवर्थ १३०.४६ रुपैयाँ रहेको छ।
21 minutes ago
28 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago