काठमाण्डौ । विकास बैंकहरुमध्ये अब्बल मुक्तिनाथ विकास बैंक लिमिटेडले असिस्टेन्टदेखि सुपरभाइरसम्मका विभिन्न पदमा ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। 

बैंकले ब्रान्च मेनेजर, रिलेसन मेनेजर, अपरेसन इन्चार्ज, ट्रेड फाइनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफमा असिस्टेन्टदेखि सुपरभाइरसम्म ठूलो संख्यामा कर्मचारी माग गरेको हो। 

काठमाण्डौ उपत्यकाभित्र ब्रान्च मेनेजरअन्तर्गत केही सुपरभाइजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिर पदका लागि दरखास्त आह्वान गरिएको छ।

यसैगरी काठमाण्डौ उपत्यकाभित्र र बाहिरका लागि केही रिलेसन मेनेजरअन्तर्गत सिनियर असिस्टेन्ट र सुपरभाइजर जुनियर अफिसर पदमा पनि बैंकले दरखास्त आह्वान गरेको छ।

त्यस्तै काठमाण्डौ उपत्यकाभित्र र बाहिरका लागि अपरेसन इन्चार्जअन्तर्गत असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइरजमा केही पदका लागि विज्ञापन खुलाइएको छ।

केन्द्रीय कार्यालय भने एउटा पदमा ट्रेड फाइनान्स इन्चार्जमा अफिर वा सिनियर अफिसरका दरखास्त खुलाइएको छ। प्रादेशिकस्तरका लागि भने ट्रेड फाइनान्स डिपार्टमेन्टअन्तर्गत केही सिनिर असिस्टेन्ट, सुपरभाइजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरिएको छ।

त्यस्तै केन्द्रीय र प्रदेशस्तरमा लोन रिकभरीअन्तर्गत सुपरभाइजर जुनियर अफिसर र अफिर र प्रदेशस्तरमा डिपोजिट मार्केटिङअन्तर्गत सिनियर असिस्टेन्ट, सुपरभाइरज र जुनियर अफिसर पदमा आवेदन खुला गरिएको छ। 

साना तथा लघु बैंकिङअन्तर्गत उपत्यका र उपत्यका बाहिरका लागि फिल्ड स्टाफका रुपमा जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदमा केही कर्मचारीका लागि दरखास्त आह्वान गरिएको छ।

असिस्टेन्ट लेभलका कर्मचारीका लागि कम्तीमा प्रमाणपत्र तह तथा स्नातक गरेकालाई विशेष प्राथमिकतामा राखिने बैंकले जनाएको छ। सिनियर असिस्टेन्टका लागि कम्तीमा स्नातक उत्तीर्ण गरी १ वर्षदेखि ३ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। 

जुनियर असिस्टेन्ट र असिस्टेन्ट पदका लागि कम्तीमा ३ देखि ५ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। 

सिनियर असिस्टेन्ट र सुपरभाइज पदमा आवेदन दिन ३५ वर्ष उमेर नकटेको हुनुपर्नेछ। 

यसैगरी कम्तीमा स्नातक उत्तीर्ण गरेको वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाले मात्र जुनियर अफिसर र सिनियर अफिसर पदमा आवेदन दिन पाउनेछन्। यसका लागि कम्तीमा ४ वर्षदेखि ८ वर्षसम्म बैंकिङ क्षेत्रमा काम गरेको अनुभव हुनुपर्नेछ। उमेर ४० वर्ष नकटेको हुनुपर्नेछ। 

उम्मेदवारले बैंकले खटाएको कार्यक्षेत्रमा काम गर्नुपर्नेछ। नेपाल र अंग्रेजी राम्ररी बोल्न र लेख्न जानेको हुनुपर्नेछ। दुई पांग्रे सवारीको लाइसेन्स लिएकालाई विशेष प्राथमिकता दिइने बैंकले जनाएको छ। 

इच्छुक उम्मेदवार आउँदो साउन ६ गतेसम्म मुक्तिनाथ विकास बैंक https://muktinathbank.com.np/career/ मा गएर अनलाइन आवेदन दिनुपर्नेछ।