काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले १ लाख बढी कित्ता संस्थापक सेयर आज साउन १९ गतेबाट लिलामीमा राखेको छ। 

बैंकले १ लाख ५ हजार ४१ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। यो सेयरमा विद्यमान संस्थापक वा योग्य जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य ३२५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा १० अंकको गुणांकमा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाण्डौको हात्तीसारस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति भदौ २२ गते बैंकिङ समयसम्म तोकिएको छ।