काठमाण्डौ। मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभाबाट सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको छ।

काठमाण्डौको कमलादीस्थित क्यापिटलको कार्यालयमा आयोजित विशेष साधारणसभाले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो। हकप्रद निष्कासन गरेपश्चात क्यापिटलको पुँजी वृद्धि भई रु.४० करोड ५० लाख पुग्नेछ। 

सभा क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो। 

मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्तासम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ।

कम्पनीले चालु आर्थिक वर्षदेखि संस्थागत परामर्शदाताअन्तर्गतका सेवाहरुसमेत सञ्चालन गर्ने योजना रहेको जनाएको छ।