काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।
बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले वार्षिक साधारणसभा यही मंसिर २५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा कास्कीको पोखरास्थित होटेल जल महलमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल १८.५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १७.५७५ प्रतिशत बोनस सेयर र ०.९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
सोही सभाले बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ पुर्याउने विकास प्रस्ताव पनि पारित गर्नेछ।
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग आपसमा प्राप्ति वा समाहित प्रयोजनका लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक, आर्थिकलगायतका प्रतिवेदन पारित गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मंसिर १५ गतेदेखि मंसिर २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
7 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago