काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई व्यक्तिगत मुद्दति खाताहरुमा यो जेठ महिनाका लागि अत्यन्त लाभदायी अफर ल्याएको छ। 

बैंकले यो जेठ महिनामा खुल्ने रेमिट्यान्स व्यक्तिगत मुद्दति खातामा उच्चतम १३% को वार्षिक ब्याजदर र व्यक्तिगत मुद्दति खातामा १२% वार्षिक ब्याजदर प्रदान गरेको छ। बैंकमा न्यूनतम रु. ५ हजारको  मुद्दति खाता खोल्न सकिनेछ र अवधि भने न्यूनतम ३ महिनादेखि १५ वर्षसम्म ग्राहकले रोज्न सक्नेछन्। 

यस खाताबाट बचत गर्न चाहने ग्राहकलाई न्यूनतम लगानीमा उच्चतम प्रतिफलको फाइदा पुग्ने विश्वास बैंकले लिएको छ। 

यसका साथै बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। 

त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२ र कर्जा सेवाका लागि ९८०१११००२३) आदि जस्ता सेवा बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।